धरानले आत्मघाती गोल गर्दा अन्तर क्याम्पस गोल्डकपको उपाधि दमकलाई

शनिबार, १३ पुस २०८१
इलाम : इलाममा सम्पन्न प्रथम अन्तर क्याम्पस गोल्डकपको उपाधि दमक बहुमुखी क्याम्पसले प्राप्त गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानलाई शून्यकाविरुद्ध १ गोल गर्दै दमकले उपाधि चुमेको हो । उपाधिसँगै दमकले नगद दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको धरानले नगद एक लाखमा चित्त बुझायो । खेलको तेस्रो मिनेटमा धरानका विनोद राईले हेडबलमार्फत आत्मघाती गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्यो । विजेता तथा उपविजेता टिमलाई इलाम क्षेत्र नम्बर २ का संघीय सांसद सुहाङ नेम्वाङले पुरस्कार वितरण गरे । उनले खेलकुदको माध्यमबाट युवाहरूलाई सक्रिय बनाएको बताए । क्याम्पस स्तरदेखि नै खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेशका सातवटा र भारतको एक गरी आठवटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार