गछिया जेसीजको अध्यक्षमा नवीन बराल निर्वाचित

शनिबार, १३ पुस २०८१
सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचास्थित गछिया जेसीजको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा एक सय मतका साथ उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी पुष्पा ढुङ्गेल सिग्देलले ४१ ले मत प्राप्त गरिन् । निर्वाचन आयुक्त रविन सिटौलाका अनुसार सन् २०२५ का लागि नयाँ कार्यसमिति चयन भएको हो । यस्तै कार्यकारिणी उपाध्यक्षमा निश्चल घिमिरे र रोहित लिम्बू निर्वाचित भएका छन । घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी सुधन भट्टराईले ५३ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षहरूमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल र विजय ओझा निर्विरोध निर्वाचित भए । सचिवमा रिजन पोखरेल र जनसम्पर्क अधिकारीमा देवराज पोखरेल निर्विरोध निर्वाचित भए । अध्यक्ष पदमा निर्वाचित भएका बरालले गछिया जेसीसका सम्पूर्ण सदस्यको मनोभावनाअनुसार काम गर्ने बताए । नवनिर्वाचित बरालले नवराज पोखरेललाई महासचिव, कमल दाहाललाई कोषाध्यक्ष र कमल ढुंगानालाई कानुनी सल्लाहकार मनोनीत गरे । सुजन बाह्रकोटीलाई सहसचिव र ज्ञाननाथ ढकाललाई तालिम आयुक्तका रूपमा मनोनीत गरे । यसैगरी रमा फुयाँललाई महिला संयोजकमा मनोनीत गरेर आफ्नो बोर्डलाई पूर्णता दिएको बरालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार