उदयपुर : उदयपुरमा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं. ७ अधेरी स्थित मदन भण्डारी लोकमार्गमा शनिवार दिउँसो मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
काठमाण्डौँबाट इटहरीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१ ००६ ख ५७४९ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित भएको थियो । दुर्घटनामा इटहरी उपमहानगरपालिका २ बस्ने २४ वर्षीय सुदीप राईको मृत्यु भएको प्रहरीको भनाइ छ ।
मालबाहक ट्रकमा चालक, सहचालक र अन्य एक गरी तीन जना सवार घाइते भएका थिए ।
घाइतेमध्ये सुदीपको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
चालक र अन्य एकजनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया