सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

आइतबार, १४ पुस २०८१
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । शुक्रवार एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार