सङ्घीय शिक्षा ऐन चाँडै आउनुपर्छ: मुख्यमन्त्री कार्की

आइतबार, १४ पुस २०८१
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सङ्घीय शिक्षा ऐन चाँडै आउनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको शिक्षा व्यवस्थापन कार्यक्रममा बोल्दै मुख्य मन्त्री कार्कीले सङ्घले कानुन छिटो छरितो ढङ्गले नबनाउँदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको बताए । 'प्रदेशले कानुन बनाउनु पर्दा सात दिनमा बनाउन सक्छ तर सङ्घले सात वर्षमा सक्दैन किन हो म छक्क पर्छु मुख्यमन्त्री कार्कीले भने सङ्घले चाँडै कानुन बनाऊ लाग्नुपर्छ। व्यवधानलाई हटाउन पहल होस' उनले भने । मुख्यमन्त्री कार्कीले राजनीतिक नेतृत्वले सबै हुन्छ भन्ने, कर्मचारीले विभिन्न बहाना देखाएर पन्छिने प्रवृत्तिले काम हुन नसकेको औँल्याउँदै यसले गर्दा पनि परिणाम आउन नसकेको धारणा राखे । कतिपय अवस्थामा सरकार र कर्मचारीको विषय अदालतमा पुग्ने र ती मुद्दा मामिला अदालतमा लामो समय अड्किँदा पनि काममा समस्या भएको कार्कीले औँल्याए । अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधारमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था रहेको बताए । विद्यालय मर्जर गरेर जानुपर्ने आवश्यकता रहेको र यसका लागि प्याकेज ल्याएर आकर्षण गर्नुपर्ने मुख्यमन्त्रीले जोड दिए । बैङ्क मर्जर नीतिलाई हेर्दा पनि केही सिक्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने अब मर्जरमा विशेष ध्यान दिँउ। विद्यालय मर्जरको नीतिको लागि राजनीतिक क्षेत्रले बोल्नु पर्छ किनकि कतिपय ठाउँमा राजनीतिक क्षेत्र नै बाधक छ भन्दै मुख्यमन्त्री कार्कीले भने 'अब राजनीतिक क्षेत्र लागौँ बोलौँ ।' कार्यक्रममा सङ्घीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने बताए । अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिन कार्कीले बताए । त्यो हेरेर पनि काम गर्न कार्कीले आग्रह गरे । मन्त्री भट्टराईले सङ्घीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढी सकेकोले चाँडै आउनेमा आशावादी हुन आग्रह गरे । शिक्षा क्षेत्र समस्या ग्रस्त भएकोले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै व्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्नेमा कार्कीले जोड दिए । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री पांचकर्ण राई र शिक्षा सचिव दीपक काफ्ले, प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार