पाँचथर : फिदिम नगरपालिकाले पाँचथर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कार्यालय प्रविधिमैत्री बनाउन कम्प्युटरसहितका अत्यावश्यक सामाग्री उपलब्ध गराएको छ ।
उपलब्ध गराइएका सामाग्रीमा डेस्क टप कम्प्युटर, प्रिन्टर, हार्ड डिस्क, मोनिटर, मल्टिप्लग र फोटोकपी पेपर छन् ।
स्ववियुलाई उपलब्ध गराइएका सामाग्रीको मूल्य एकलाख रुपैयाँ बराबरको रहेको नगरपालिकाका जिन्सी शाखा प्रमुख सुजन बास्कोटाले जानकारी दिए ।
सामाग्री फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले स्ववियु अध्यक्ष मुना नेपालीलाई हस्तान्तरण गरे ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष सुवराज थापा, पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, क्याम्पस प्रमुख खेमनाथ खतिवडा, सञ्चालक समिति पदाधिकारी र विद्यार्थीको उपस्थितिमा आयोजित एक कार्यक्रममा सामाग्री हस्तान्तरण गरिएको हो ।
स्ववियु अध्यक्ष नेपालीले नगरपालिकाबाट प्राप्त सामाग्रीले कार्यालय सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया