राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन आवश्यक : नैनसिंह महर

मंगलबार, १६ पुस २०८१
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भइ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्दै महरले उक्त कुरा बताएका हुन् । वि.सं. २०३३ पुस १६ गते बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । त्यतिबेला राष्ट्रको स्वाधिनता र यसको अस्तित्व रक्षाको समय थियो। अहिले समय फेरियो । हामी गणतान्त्रीक मुलुकमा गयौं। बीपीले त्यो बेला नेपाललाई समुन्नत बनाउने कुरा भन्नु भएको थियो, त्यो काम संविधान निर्माण भइसकेपछि पनि अहिलेसम्म पूरा भएन। अहिले संविधान संशोधनको बहस भएको बेला त्यो राष्ट्रिय एकता र मेलमिलापको आधारमा मात्र सम्भव छ, महरले भने । कांग्रेस इलामले आयोजना गरेको एक सय दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले देशको स्भाविमान जोगाउन राष्ट्रिय एकतासहित बीपी स्वदेश फर्किएको स्मरण गरे । बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको महरले स्मरण गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार