नव दृष्टि आँखा अस्पतालद्धारा खोटाङमा तीन दिने शिविर

मंगलबार, १६ पुस २०८१
इटहरी : इटहरीमा रहेको नव दृष्टि आँखा अस्पतालले खोटाङको दिक्तेलमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । पुस १२, १३ र १४ गते फेमेली केयर हस्पिटल, दिक्तेल बजारमा अस्पतालले शिविर आयोजना गरेको हो । नव दृष्टि आँखा हस्पिटल र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय (दिक्तेल)को संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर आयोजना भएको हो । शिविरमा ६ सय जनाले आँखा परीक्षण गराएका छन् । जसमा मोतियाबिन्दु भएका ४५ जना र आँखामा मासु पलाएका एक जना बिरामीको निःशुल्क आँखा अप्रेशन गरिएको छ । अप्रेशनपश्चात् बिरामीहरूलाई निःशुल्क औषधि र कालो चस्मा वितरण गरिएको अस्पताल प्रशासनले जनाएको छ । साथै, अप्रेशन आवश्यकता नपर्ने अन्य बिरामीहरूलाई पनि निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको अस्पतालले जनाउँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार