इलाम : परापूर्व कालदेखि लाग्दै आएको माइबेनी मेला यस वर्ष पनि लाग्ने भएको छ । प्रसिद्ध धार्मिकस्थल माइबेनीमा माघे संक्रान्ति अवसरमा मेला लाग्ने भएको हो ।
माइजोगमाई गाउँपालिका, इलाम नगरपालिकाको बीचमा पर्ने माई र जोगमाई खोलाको दोभानमा बर्सेनि माइबेनी मेला लाग्दै आएको छ ।
यस वर्ष पनि पुस २७ देखि माघ ३ सम्म मेला लाग्ने भएको आयोजक समितिले जनाएको छ । माइजोगमाई गाउँपालिका वडा ४ को समन्वयमा मेला व्यवस्थापन समिति गठन गरिएको छ ।
जसका लागि सनमान लिम्बूको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको सचिवमा भोजराज देवान तथा कोषाध्यक्षमा तीर्थराज लिम्बू चयन गरिएको छ ।
पूजापाठसहित मकर नुहाउने, ऐतिहासिक शिव मन्दिर दर्शन, विविध खेल, रोटेपिङ, रमाइलो मेला, स्थानीय कृषि उपजका स्टल तथा स्थानीय खानका परिकार मेलाका मुख्य आकर्षण रहने छन् ।
मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडीलगायत स्थानबाटसमेत भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया