काठमाडौँ : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाका) स्थाई कमिटी सदस्य विजय यादव भारतको गुजरात राज्यमा भारतीय नेताहरूसँग भेटघाट गरेका छन् ।
उनले गुजरातको ग्रामीण विकास, श्रम र रोजगार मन्त्री बलवंतसिंह राजपूतसँग शिष्टाचार भेटघाट गरेका हुन् ।
गुजरातको राजधानी अहमदावादस्थित मन्त्रीको कार्यालय भवनमा उनले भेटघाट गरेका हुन् ।
भेटघाटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकास सम्बन्धलाई प्रगाढ बनाउनुको साथै गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोग लगायतका विषयमा छलफल भएको थियो ।
भेटघाटमा आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालले सहभागी थिए ।
प्रतिक्रिया