एकैदिन प्रतितोला १४ सय रूपैयाँ बढ्यो सुनको भाउ, तोलाको कति ?

बुधबार, १७ पुस २०८१
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोवार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार