विराटनगरमा स्रोत नखुलेको करिब नौ लाख रुपैयाँ रकमसहित एक पक्राउ

बुधबार, १७ पुस २०८१
विराटनगर : विराटनगरमा स्रोत नखुलेको करिब नौ लाख रुपैयाँ रकमसहित एकजनालाई पक्राउ गरिएको छ । आज (बुधबार) विराटनगर महानगरपालिका १८ स्थित रेलवे स्टेशनबाट सशस्‍त्र प्रहरी बल, नेपाल जहदा भुटाहाबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेको प्र १–०४–००१ प ९९४४ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँज गर्दा चालक मोरङको जहदा गाउँपालिका १ बस्ने ३६ वर्षीय चनरदेव साहको साथबाट स्रोत नखुलेको रकम बरामद गरेको हो । प्रहरीका अनुसार साहको साथबाट एक हजारको पाँच सय १९ थान, पाँच सयको सात सय दुई थान एक सयको एक सय थान र दुई रुपैयाँको सिक्का एक थान गरी आठ लाख ८० हजार, दुई रुपैयाँ बरामद गरिएको हो । साहलाई सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार