काङ्ग्रेस खोटाङ सभापति विष्णु राईले भने - ‘फेसबुके काम पार्टीको दस्तावेज बन्न सक्दैन’

विहीबार, १८ पुस २०८१
इटहरी : नेपाली काङ्ग्रेस खोटाङ जिल्ला कार्यसमितिका सभापति विष्णुकुमार राईले जानकारी बिनाको कामलाई पार्टीले अपनत्व लिन नसक्ने बताएका छ्न । जिल्लामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासका साथै स्वास्थमन्त्री भूपेन्द्र राईले गरेका कामको बारेमा पार्टीले प्रचार नगरेको गुनासोप्रति राईले बिहीबार जवाफ फर्काएका हुन् । प्रदेशखबरले बुधबार खोटाङ काङ्ग्रेसका गुट र कार्यकर्ताको सन्देशका सन्दर्भमा गुटले गाँजिएको खोटाङ काङ्ग्रेसमाथि कार्यकर्ताको सन्देश – ‘सिङ्गो काङ्ग्रेस बनाइदिनुस्’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । जहाँ दुई नेताका द्वन्द्वका साथै कार्यकर्ताको गुनासोबारेमा चर्चा गरिएको छ । उक्त समाचारपछि सभापति राईले मन्त्री राइप्रति लक्षित गर्दै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् - ‘आफ्नो खल्तीको रकम बाँडेजसरी पार्टीलाई जानकारी नगराई मैले गरेको भन्ने प्रवृत्तिलाई कांग्रेस पार्टिले अपनत्व लिन सक्दैन । फेसबुकक‍ो आधारमा कताबाट पार्टीले प्रशस्तिै गाउने । ढाँट्न हुन्न भन्ने त कांग्रेसको आदर्श नै हो ।’ [caption id="attachment_79974" align="alignnone" width="1366"] मन्त्री भूपेन्द्र राईप्रति सभापति विष्णु राईको स्टाटस ।[/caption] प्रदेशखबरको सम्पर्कमा राईले थपे ‘जानकारी बिना यहाँ को आयो, को गयो पार्टीलाई थाहा हुने कुरा पनि भएन नि ? जुन कुरा पार्टीको दस्तावेजमा कसरी हुन्छ त ?’ यो पनि - गुटले गाँजिएको खोटाङ काङ्ग्रेसमाथि कार्यकर्ताको सन्देश – ‘सिङ्गो काङ्ग्रेस बनाइदिनुस्’

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार