काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले ६ महिने जागरण अभियान चलाउने भएको छ।
यसबारे बिहीबार (आज) बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले ब्रिफिङ गरेका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, '६ महिने जागरण अभियान चलाउने भनेर हाम्रो अध्यक्षले भन्नुभएको छ।'
प्रवक्ता सापकोटाका अनुसार अभियान दुईतिरबाट हुनेछ। एउटा हुलाकी राजमार्ग र अर्को मदन भण्डारी लोकमार्गबाट अभियान चलाइने उनले बताए।
प्रतिक्रिया