१९ औँ अम्बर ललित डिपो कप : जोल साय स्कुल प्लेट च्याम्पियन

विहीबार, १८ पुस २०८१
धरान : डिपो स्कुलको आयोजनामा भइरहेको १९ औँ अम्बर ललित डिपो कपको पहिलो चरणमा पराजित हुने टिमहरूको प्रतियोगिता प्लेट चाम्पियनसिप तर्फको उपाधि धरान १७ को जोलसाय इङ्लिस बोर्डिङ स्कुलले चुमेको छ । प्लेट च्याम्पियनतर्फको फाइनल खेलमा जोलसाय स्कुलले आयोजक डिपो स्कुल पहेलो टिमलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । निर्धारित समयमा दुवैतर्फ कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा जोलसायका प्रनिश राई, युनिक राई, विशाल सुनार र लाजिहाङ लिम्बूले गोल गरेका थिए भने डिपो पहेँलोका साइमन पाख्रीन, अग्रिम राई र निकेश राईले गोल गरेका थिए । साथै, ललित अम्बर डिपो कपको तेस्रो उपाधिको लागि भएको प्रतिस्पर्धामा इमानुयल स्कुलले दिल्ली पब्लिक स्कुललाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै तेस्रो उपाधि जितेको छ । निर्धारित समयमा दुवै टिमले ३–३ बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा एमानुयलका प्रशान्त लिम्बुले २ र विकेश विष्टले १ गोल गरेका थिए । यसैगरी दिल्ली पब्लिकका रोहन लिम्बूले २ र सुभम थाकुरले १ गोल गरेका थिए । टाइब्रेकरमा इमानुयलका लबि रानापल, विकास विष्ट र सपन दाहालले गोल गरे भने दिल्ली पब्लिकका ओर्गेन तामाङ र अर्नव जोशीले मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच दिल्ली पब्लिकका अर्नव पान्डे घोषित भए । प्लेट च्यापियन विजेता, उपविजेता र ललित अम्बर कपको तेस्रो उपाधि विजेता खेलाडीहरूलाई शुक्रवार हुने १९ औँ ललित अम्बर डिपो कपको विजेता उपविजेता खेलाडीहरूसँगै पुरस्कार वितरण गरिनेछ । खेलको विजेताले नगद ११ हजार एक सय ११ रुपैयाँ, द्धितीय हुने टिमले नगद सात हजार एक सय ११ र तेस्रो हुनेले नगद पाँच हजार एक सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी प्लेट च्यापियनका विजेताले नगद तीन हजार र उपविजेताले नगद दुई हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार