मोरङमा खाल्डोमा डुबेर एक वर्षीय बालकको मृत्यु

विहीबार, १८ पुस २०८१
मोरङ : मोरङमा खाल्डोमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको छ । आज (बिहीबार) दिउँसो १२ः४५ बजेतिर रंगेली नगरपालिका ८ स्थित दर्वेशा टोल बस्ने विकास चुरैटेको छोरा १ वर्षीय समर चुरैटे खेल्ने क्रममा खाल्डोमा डुबेका थिए । प्रहरीका अनुसार उनी कलको पानी जम्मा हुने खाल्डोमा डुबेर घाइते भएका थिए । तत्काल उद्धार गरी आफन्तले उपचारको लागि रंगेली अस्पताल लगेपनि डाक्टरले चेकजाँच गर्ने क्रममा साढे १ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक सन्तोष कुमार खडकाको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार