प्रधानमन्त्री देउवा पछि सिके राउतको प्रचण्डसँग भेटवार्ता

विहीबार, १५ मंसिर २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष तथा नव निर्वाचित सांसद डा‍। सिके राउत बिच भेटवार्ता भएको छ । आज नै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका थिए । सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ । राउतले गठबन्धनलाई सहयोग गर्न आफू सकारात्मक रहेको तर त्यसअघि आफूहरूको माग मुद्दामा गठबन्धन तथा सरकारको धारणा आउनु पर्ने बताएका छन्। राउतले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार साँझ राउतलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमका पुगेका थिए। प्रधानमन्त्री देउवासँग राउतको सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा उल्लेख गरेका छन्। ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ निधिले लेखेका छन्। यसअघि हिजो जनमत पार्टीका अध्यक्ष राउतले निधिसँग भेटेर सरकारमा सहभागी हुनेलगायतका बिषयमा कुराकानी गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार