इलाम : माईजोमाई गाउँपालिकाको नयाँ बजार र फिक्कल जोड्ने सडकमा झरेको पहिरो नपन्छाउँदा दुर्घटनाको जोखिम बढेको छ । कालोपत्रे भएको सडकमा गएको बर्खामा झरेको पहिलो नपन्छाउँदा दुर्घटनाको जोखिम बढेको हो ।
सडकमा झरेको पहिरो नपन्छाउँदा बिच भागमा माटो तथा ढुङ्गा थुप्रिएको छ । दैनिक सयौँ सवारी सञ्चालन हुने सो सडकमा सवारी पास हुन समेत समस्या हुने गरेको स्थानीय पत्रकार रोशन काफ्लेले बताए ।
माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले प्रहरी चौकी, वडाका जनप्रतिनिधि राखेर अनुगम गरी सर्जमिन गरेर मुचुल्का तयार गरी भौतिक पूर्वाधार मन्त्रालयमा बजेट माग गरिसकेको जानकारी दिइन् । ठेकेदार कम्पनीको मातहतमा रहेकाले पालिकाले काम गर्न नमिल्ने उनको भनाई छ ।
यो मुख्य सडक कालोपत्रे गर्ने खनाल कन्स्ट्रक्सन कम्पनीका सुमन खनालले प्रदेशमार्फत ठेक्का परेको र गत वैशाखमा बाटोको काम सकिए पनि कम्पनीले पाउनुपर्ने रकम प्रदेशले रोकेका कारण बिग्रिएको ठाउँ मर्मतमा ढिलो भएको निर्माण कम्पनीले बताएको छ ।
असोजको वर्षाले सूर्योदय–९, ढोडेमा पहिरो झरेर सडकमा बढी क्षति गरेको छ ।
प्रतिक्रिया