विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव – सामाजिक परिवर्तनको नायक बन्नुहोस्

शुक्रबार, १९ पुस २०८१
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक कर्मीहरूद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पु¥याउने बताएकी छन् । शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा उनले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि भएको बताइन् । उनले भनिन्,‘प्रस्तुत किताब साहित्यिक चेतको निरन्तरता हो । साहित्य समाजको दर्पण मात्र होइन । राजनीतिक परिवर्तन तथा सामाजिक रुपान्तरणको लागि महत्वपूर्ण माध्यम पनि हो । साहित्य कलात्मक सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको सम्वाद समेत हो । सामाजिक आर्थिक रुपान्तरणको अभियानमा लागेका राजनीतिक कर्मीहरुद्धारा गरिने साहित्य सृजनापनि अन्तत सामाजिक परिवर्तन कै अभियानलाई थप बल पु¥याउछ ।’ कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किएर कसैको बन्ने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिए । यदि, कसैले शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अविभावक बन्नुपर्ने धारणा राख्ने उनले बताए । उनले भने,‘राजनीतिमा आउन चासो राखेको हो कि भन्ने कुरा पनि आउँछ । पूर्वराष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रूपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ ।’ पूर्वराष्ट्रपतिले सामाजिक अविभावकको रूपमा देशलाई आवश्यक परेको उनले बताए । ‘राजनीतिमा लागेर कसैको मात्र बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर अर्थात सामाजिक परिवर्तनको नायक बन्न जरूरी पनि छ,’ शर्माले भने ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार