मुक्तिनाथ बैंकद्धारा रेडक्रसलाई नगद हस्तान्तरण

शुक्रबार, १९ पुस २०८१
इलाम : मुक्तिनाथ बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम शाखालाई नगद हस्तान्तरण गरेको छ । बैंक स्थापनाको १८ वर्ष पूरा भएको अवसरमा नगद ५० हजार प्रदान गरिएको हो । शुक्रबार एक कार्यक्रमबीच बैंक इलाम शाखा प्रमुख सुवास भट्टराई एवम् कर्मचारीहरूद्धारा रेडक्रस इलामका प्रमुख शिव गौतम, रेडक्रस मन्त्री रवीन्द्र श्रेष्ठ र हरि फुयाँललाई नगद ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम प्रदान गरिएको बैंक इलाम प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष इलाम आदर्श माविका एक सय छात्र–छात्रालाई जाडोमा लगाउने स्वीटर प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार