दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका अध्ययन सामाग्री

शुक्रबार, १९ पुस २०८१
पाँचथर : पाँचथरको फिदिमस्थित सशस्त्र प्रहरी बल हिमखर गुल्मले दृष्टिविहीन बालबालिकालाई अध्ययन सहजतका लागि ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान गरेको छ । सशस्त्र प्रहरी दिवसको सन्दर्भ पारेर फिदिमस्थित गडी माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकासँगै सुखबोध माध्यामिक विद्यालयमा अध्ययनरत फरक क्षमताका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो । विद्यालयमा कार्यक्रम आयोजना गर्दै सशस्त्र प्रहरी नायव उपरीक्षक कुमार बराल नेतृत्वको टोलीले ब्रेल लिपिसहित आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा यहाँ अध्ययनरत १८ जना दृष्टिविहीन बालबालिकालाई ब्रेल लिपी सहितका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । सामाग्री बुझ्दै प्रधानाध्यापक मानधोज थाम्सुहाङले दृष्टिविहीन विद्यार्थीका लागि प्राप्त ब्रेल लिपिले अध्ययनमा सहजता हुने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार