भीम रावलनिकट स्रोतका अनुसार रावललाई स्वागत गर्नका लागि नेकपा एसका युवा नेताहरुलाई बोलाइएको थियो । तर, राजतन्त्रको पक्षधर पोखरेलसमेत आफ्ना केही सहयोगीसहित पुगेका थिए । नेकपा एसका नेता कार्यकर्ता र राजवादीले एउटै लहरमा बसेर रावललाई स्वागत गरे ।
प्रसाईंको महाअभियानका संस्थापक केन्द्रीय सदस्य पोखरेलले राष्ट्रवादी नेताका रूपमा रावललाई स्वागत गरिएको जानकारी दिए । ‘उहाँ ९रावल०लाई राष्ट्रवादी अभियन्ताहरुका तर्फबाट भव्य स्वागत गरियो । उहाँ पार्टीले नचिने पनि देश र जनताले चिनेको देशभक्त नेता हो,’ पोखरेलले भने, ‘देशका लागि अपरिहार्य नेताका रुपमा स्वागत गरिएको छ । निकट भविष्यमा नेपालका सबै अभियन्ताहरु र राष्ट्रवादी एक भएर अघि बढ्ने तयारी छ ।’
पोखरेल मुलुकमा राजसंस्था फर्काउनुपर्ने अभियानमा छन् । उनी यसअघि शिव सेना नेपाल मोरङको अध्यक्षसमेत थिए । रावलले भने मोरङ र सुनसरीमा समर्थक एवं शुभचिन्तकलाई भेटघाट गर्ने बताइएको छ ।
प्रतिक्रिया