सर्वेन्द्र खनाल लक्षित गोकुलको कटाक्ष- खाएको थालमा चुठ्नु राम्रो होइन

आइतबार, २१ पुस २०८१
काठमाडौं-नेकपा एमाले नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति लक्षित गर्दै ‘खाएको थालमा चुठ्नु राम्रो नहुने’ टिप्पणी गरेका छन् । आइतबार बिहान पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले छाडेको सामाजिक सञ्जालमार्फत घोषणा गरेपछि पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् । नेता बास्कोटाले आजै बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै एमालेमा स्वार्थपुर्ति र पदीय महत्वकांक्षा बोकेर एमालेमा आएकाहरु बास्तविक परीक्षणको अवस्थामा बाहिरिएको बताए । मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा नभइ संकट, त्याग र संघर्षको समयमा हुने उनले बताए । उनले लेखेका छन्, ‘मान्छेको वास्तविक परिक्षण सजिलो,स्वार्थपुर्ति र पदीय महत्वकाँक्षामा होईन,सङकट,त्याग र सङघर्षको समयमा हुन्छ।आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए।हाईट र लाईट एमालेकै टोपी,धोती अनि गुन्यु चोली लगाएर बढाए।खाएको थालमा चुठ्नु राम्रो होइन,झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार