एमाले केन्द्रीय कमिटी बैठक मङ्गलबार पनि बस्ने

सोमबार, २२ पुस २०८१
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले मङ्गलबार पनि बैठक हुने भएको छ । आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार