कोशीमा “प्रदेश प्रहरीसँग प्रमुख” कार्यक्रम पुनः सञ्चालन

सोमबार, २२ पुस २०८१
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले “प्रदेश प्रहरीसँग प्रमुख” कार्यक्रम पुनः सञ्चालन गरेको छ । प्रदेश प्रहरीसँग प्रमुख कार्यक्रम थप परिमार्जनसहित पुनः सञ्चालन गरिएको हो । सोमबार (आज)देखि सञ्चालन भएको “प्रदेश प्रहरीसँग प्रमुख” कार्यक्रममा कोशी प्रदेश अन्तरगत रहेका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रत्यक्ष टेलिफोन संवाद गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी)राजन अधिकारीसँग आफ्ना समस्या तथा गुनासो राखेका छन् । भौगोलिक रूपमा सुगमदेखि दुर्गम पहाडी र हिमाली जिल्लासमेत रहेको यस प्रदेशमा विभिन्न प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रदेश प्रहरी प्रमुख समक्ष प्रत्यक्ष रूपमा भेटेर आफ्नो समस्या तथा गुनासो राख्न कठिनाई भएकाले टेलिफोन संवादका माध्यमबाट प्रदेश प्रहरी प्रमुख समक्ष समस्या तथा गुनासो राख्ने उदेश्यले उक्त कार्यक्रम ल्याइएको हो । उक्त कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई थप हौसला प्रदान हुने डीआईजी अधिकारीले बताए । “प्रदेश प्रहरीसँग प्रमुख” प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रवार प्रदेश प्रहरी कार्यलय विराटनगरले निरन्तर रूपमा सञ्चालन गर्ने उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार