भूकम्पले पूर्वी नेपालका ४ जिल्लाका ६ घरमा क्षति

मंगलबार, २३ पुस २०८१
काठमाण्डौँ : चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्पले कोसी प्रदेशका केही घरहरूमा क्षति पुर्‍याएको छ । आज बिहान आएको भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङका ५ घरमा क्षति पुगेको हो ।भूकम्पका कारण चार वटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको छ। ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको छ भने चुहानछापका हिमाल कार्कीको घरमा आंशिक क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सङ्खुवासभाको भोट खोला गाउँपालिका १ किमाथांकाका तेन्छेदी शेर्पाको घरमा सामान्य क्षति भएको छ। यस्तै ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको छ। भने सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङल्हामु गाउँपालिका ५ हेलाजुङका आङ ङिमा शेर्पाको घरमा सामान्य क्षति भएको छ । क्षतिको अन्य विवरण सङ्कलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार