सुन्दरहरैचा : मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ।
बुधवार साँझ सुन्दरहरैचा ९ नागदेवी स्थित पूर्वपश्चिम लोकमार्गमा भएको दुर्घटनामा सोही वडाकी प्रमीला श्रेष्ठ र बेलबारी १० मा भएको दुर्घटनामा बेलबारी १० कै मायादेवी राजवंशीको ज्यान गएको हो ।
प्रहरीका अनुसार सुन्दरहरैचामा भएको दुर्घटना मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिएर भएको हो, भने बेलबारीमा भएको दुर्घटना सिटी सफारी अनियन्त्रित भएर भएको हो ।
सुन्दरहरैचामा स्कुटर चालक श्रेष्ठले ज्यान गुमाउँदा घाइते मोटरसाइकल चालक इटहरीका नवीन सिंह ठकुरीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बेलबारीमा भएको दुर्घटनामा सिटी सफारी चालक भूपे दाहालको पनि उपचार भइरहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया