तेह्रथुम : माओवादी सशस्त्र द्वन्द्व चर्कँदै थियो । दैनिक जसो प्रहरी चौकी,सैनिक क्याम्प र सरकारी कार्यालयमा आक्रमणका घटना दोहोरिँदै आएको थियो ।
अभियानलाई निरन्तरता दिँदै माओवादीले २०५८ साल माघ १० गते पाँचथरको गोपेटारमा रहेको प्रहरी चौकी आक्रमण ग¥र्यो । सो क्रममा ५ जना प्रहरी र ७ जना जनमुक्ति सेनाको ज्यान गयो । माओवादी तर्फका १३ जना घाइते भए ।
घाइते जनमुक्ति सेनालाई गोपेटार मुनी तमोर तारेर तेह्रथुमबाट गुफा पोखरी हुँदै सङ्खुवासभा लगेर सुरक्षित स्थानमा उपचार गर्ने योजना माओवादीले तय ग¥र्यो ।
घाइतेलाई बोकेर हिँडेको टोली १४ गते छिमेकी तेह्रथुमको आठराई स्थित ह्वाकु पुग्यो । घाइतेलाई बाँसका स्ट्रेचर बोकिएको थियो । बगाले नजिकै पुग्दा एउटा स्ट्रेचर भाँचियो ।
घाइतेलाई बगाले गाउँ‘का पासाङ सेर्पा र इन्द्र सेर्पाको घरमा राखेर उपचार गर्ने चॉजोपॉजो मिलाइयो । सकुशल रहेका नेता कार्यकर्ताले घाइतेलाई माओवादीको स्थानीय कमिटीलाई जिम्मा दिएर लाखापाखा लागे ।
पासाङ कहाँ १३ जना घाइते, ४ जना स्वास्थ्यकर्मी १७ जनालाई राखिएको थियो । पासाङको घरमा राखिएका घाइते र स्वास्थ्यकर्मी खाना खाँदै थिए,पासाङको घर शाहि नेपाली सेनाले घेरा हालेर अन्धाधुन्ध गोली चलायो ।
गोपेटार घट्नामा घाइते भएर उपचार गराइरहेका र उपचारमा खटेका स्वास्थ्यकर्मी गरी माओवादी तर्फका १७ र घरधनी पासाङ सहित तीन जना स्थानीय गरी २० जनाको घटना स्थलमै हताहत भए ।
स्थानीय तुलसी विश्वकर्मालाई ज्यान जोगाउन भाग्दै गर्दा सेनाले पक्रेर गोली ठोक्यो ।
तत्कालीन जनमुक्ति सेनाको कमाण्ड सम्हाल्दै गोपेटार प्रहरी चौकी आक्रमणमा सहभागी भएका माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) घाइतेलाई गोपेटारदेखि बगाले गाउँ‘ सम्म बोकेर पु¥याएपछि स्ट्रेचर भाँचिनु नै बगाले हत्या काण्ड हुनको मुख्य कारक रहेको स्मरण गर्छन् ।
‘घाइतेलाई उपचार गर्ने जिम्मा पार्टीको स्थानीय कमिटीलाई दिएर हामी ताप्लेजुङ तर्फ लाग्यौैं,सुराक पाएर आएको सेनाले घर घेरा हालेर गोली चलाएछ ।’ नेम्वाङले भने ।
नेम्वाङका अनुसार बगाले गाउँ‘मा खाना खाएसँगै भाचिएको स्ट्रेचर रिप्लेस गरेर गुफा पोखरी हुँदै जङ्गलै जङ्गल सङ्खुवासभा लगेर उपचार गर्ने योजना बनेको थियो, स्ट्रेचर भाँचिए पछि घाइते बोक्न असहज भयो,नभाँचिएको भए टोली अगाडी बढिसकेको हुन्थ्यो सेनाले भेट्ने सम्भावना थिएन ।
‘घाइतेको उपचारका क्रममा रहनु भएका कमरेडहरू मध्ये एकजना सँग पनि हतियार थिएन,सबै जना निःशस्त्र हुनुहुन्थ्यो, त्यही भएर सबै जना हताहत हुनुभयो ।’ उनले थपे ।
हाल कोशी प्रदेश सभा सदस्य रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चॉपागॉई (सचिन) सहित ४० जना छिमेकी इन्द्र शेर्पाको घरमा थिए । इन्द्र भने संघठन समिति, पार्टी जिल्ला कमिटी र स्थानीय कमिटीमा आबद्ध कार्यकर्ता रहेकाले भाग्न सफल भए ।
‘घाइते राखिएको पासाङका घरमा सेनाले गोली चलाउन थाल्यो, हामी भागेर ज्यान बचाउन सफल भयौँ ।’ चापागाईँले भने ।
घट्नाका प्रत्यक्षदर्शी स्थानीय कुलबहादुर गुरुङले यत्तिका मान्छे हताहत हुने गरी गोली चलाएको सेनाले भोलिपल्ट (माघ १५ गते) बिहानै गॉउका सबैलाई बोलाएर खाल्डो खन्दै शव पुरेको बताए ।
‘मान्छे मरिसकेपछि राती नै घर घर आएका सेनाले भोली उज्यालो हुनासाथ भेला हुनु जुन घरबाट कोही ऑउदैन उनीहरूलाई पनि कार्बाहि गर्छौ भन्दै बोलाए, बिहान ऑउदा मान्छेहरू यत्रतत्र ढलेका देख्यौँ,भात खाँदै गर्दा आक्रमण भएको रहेछ ।
मरेका मध्ये कसैका हातमा साग भात मुट्ठी परेको त कसैको मुखमा हालेको बुझो त्यसै थियो,गाउँ‘ भरका मान्छे भेला भएपछि खाल्डो खनेर पुरेपछि सेना आफ्नो बाटो लागे ।’ गुरुङले स्मरण सुनाए ।
घाइतेको उपचार गराइरहेको क्याम्पमा सेनाले आक्रमण गरेर ज्यान लिएको सोही स्थानमा हालै सहिद पार्क निर्माण गरिएको छ ।
घटना भएको २३ वर्ष पछि निर्माण सम्पन्न भएको दिइएको सो स्थानमा निर्मित उक्त पार्कलाई ‘बगाले सहिद स्मृति पार्क’ नाम दिइएको छ ।
पार्कको उद्घाटन माघ १४ गते माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गरे ।
पार्क उद्घाटनका क्रममा त्यहाँ पुगेका प्रचण्डलाई कोशी प्रदेश अध्यक्ष नेम्वाङ, केन्द्रीय सदस्य चापॉगाई र आठराई गाउँ‘पालिका उपाध्यक्ष बलिराज इङनामले दृष्टान्त सुनाए ।
बगाले काण्डमा ज्यान गुमाएका २१ जनालाई शान्ति स्थापना पश्चात् सरकारले सहिद घोषणा ग¥र्यो ।
पार्कको उद्घाटन पश्चात् बोल्दै प्रचण्डले बगाले हत्या काण्ड मानवीय क्षतिका दृष्टिकोणले द्वन्द्वकालकै सबैभन्दा ठुलो र सामूहिक दुर्घटना रहेको टिप्पणी गरे ।
प्रचण्डले बगाले घटनामा ज्यान गुमाएका सँगै द्वन्दकालमा विभिन्न स्थानमा भएका घट्नामा ज्यान गुमाएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरे ।
सम्मान ग्रहणका क्रममा उपस्थित सहिद परिवारका सदस्यले भाव विह्वल हुँदै प्रचण्डसँग पार्टी र राज्यले सहिदको सपना साकार पार्न नसकेको गुनासो गरे ।
प्रतिक्रिया