क्यान इन्फोटेक: एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

आइतबार, २७ माघ २०८१
काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको देखिएको छ । नयाँ–नयाँ प्रविधिको प्रदर्शनी र प्रविधि सम्बन्धि समस्या समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको हो । कम्प्युटर एशाेसिएसन नेपाल (क्यान महासंघ) की सचिव सरिता न्यौपानेले माघ २४ गतेदेखि सुरु भएर माघ २८ गतेसम्म चल्ने इन्फोटेक नेपालकै सबैभन्दा ठूलो ईन्फरमेसन टेक्नोलोजीको मेला भएको बताइन् । उनले इन्फोटेकमा इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा काम गरिरहेका व्यवसायहरु, विज्ञ व्यक्तिहरुले अथवा स्र्टाटअप इनोभेसन सो गर्ने ठाउँ समेत रहेको बताइन् । उनले भनिन्, ‘यहाँ आएर नयाँ नयाँ प्रविधिहरु बारेमा बुझ्न सकिने छ । नयाँ हार्डवयर–सफटवेयर कस्ता कस्ता आएका छन्, त्यसबारे जानकारी प्राप्त हुनेछ । नेपालकै सबैभन्दा ठूलो इन्फरमेसन टेक्नोलोजी मेला पनि हो । ईन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा काम गरिरहनुभएका व्यवसायहरु यसका विज्ञ व्यक्तिहरुले अथवा स्टार्टअप इनोभेसन सोकस गर्ने ठाउँ हो ।’ साथै उनले यहाँ आएर नयाँ नयाँ प्रविधिहरु बारेमा बुझ्न सकिने बताइन् । उनले नयाँ हार्डवयर–सफटवेयरबारे जानकारी लिन सकिने र एआइ मार्केटले के के गर्दैछ भन्ने बुझ्नको लागि प्लेटफर्म समेत क्यानले उपलब्ध गराएको बताइन्। साथै इन्फोटेकमा यो वर्ष राष्ट्रिय परिचयपत्रको डेस्क समेत प्रदर्शनीमा राखिएको छ । उनले भनिन्,‘यसपालीबाट सुरु गरिएको चाँही राष्ट्रिय परिचयपत्रको डेस्क पनि हो । यो कहाँ गएर बनाउने होला भन्ने अन्यौल देखिने गरेको छ । यसको सहजीकरणको लागि राखेका हौं । आवश्यक कागजपत्र ल्याएर राष्ट्रिय परिचयपत्र बनाउन सकिनेछ ।’ यसैगरी क्यान महासंघका उपाध्यक्ष चिरञ्जीवि अधिकारीले इन्फोटेकमा एआइको प्रोजेक्ट र नेपाली आईटी एप्लिकेसनहरुलाई प्रदर्शनमा राखिएको बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्र, कृषि क्षेत्रदेखि हरेक क्षेत्र एआईलाई प्रयोग गरेर सफ्टेवयर बनाएका छौं । अहिले विश्वमा नै एआइले रुल गरेको छ ।’ पैसाको मात्र होइन यसमा नलेज र ब्रेनको प्रयोग हुने भएकाले एआई रोबर्टसमेत प्रदर्शनीमा राखिएको उनकाे भनाइ छ । ‘हामीले जतिपनि नेपालका युवाहरुले बनाएको एआइका प्रोजेक्ट र नेपाली आईटी एप्लिकेसनहरुलाई यहाँ प्रदर्शन गरेका छौ । स्वास्थ्य क्षेत्र कृषि, क्षेत्रदेखि हरेक क्षेत्र एआइलाई प्रयोग गरेर सफ्टेवयर बनाएका छौं । अहिले विश्वमा नै एआइले रुल गरेको छ । पैसाको मात्र होइन यसमा नलेज र ब्रेनको प्रयोग हुन्छ,’उनले भने, ‘यहाँ एआई रोबर्ट छ । नेपाली विद्यार्थीले कोडिङ गरेर त्यो रोबर्टमा नेपाली गीतहरुदेखि सेल्फ ड्राइभिङ कारहरु, कृषिमा कुन रोग लागेको हो पातको फोटो हालेर रोग पत्ता लगाउने, हस्पतालबाट आएको रिपार्टहरुको फोटो खिचेर यो यो औषधी खानुपर्छ है भन्नेसम्म र किसानलाई डिजिटल प्राविधिकसम्म जोड्ने खालको एप्लिकेसनपनि राखिएको छ ।’ साथै उनले फ्युचर स्टारहरुलाई प्लेटर्फम दिएर प्रदर्शनमा राख्ने र उनीहरुलाई विश्वव्यापी रुपमा ब्राण्डिङ गर्ने एवं ग्लोबल म्यापमा नेपाली आईटीहरुलाई पुर्याउने लक्ष्य महासंघको रहेको बताए । उनले भने, ‘युवाहरुलाई प्रदर्शनमा स्थान दिनुको कारण उनीहरुको भविष्य नै टेक्नोलजीतिर लैजानु हो । त्यसलै हाम्रो फ्युचर स्टारहरुलाई प्लेटर्फम दिएर प्रदर्शनमा राख्दै विश्वव्यापी रुपमा ब्राण्डिङ गर्ने एवम ग्लोबल म्यापमा नेपाली आइटीहरुलाई पुर्याउने लक्ष्य नै हो । एआइ रोबर्टले उर्जा दिइरहेको छ । धेरैको ध्यान एआइ रोबर्टतिर छ । प्रधानमन्त्रीदेखि लिएर किसानको छोरासम्मलाई स्वदेशकै कम्पनीमा जागरि खानपर्छ । आईटीबाट ठूलो योगदान पुर्याउन सक्छौं भन्ने सन्देश चाहीं यसले दिन्छ । आईटी क्षेत्रमा नेपाल एक्दमै अगाडि बढ्नसक्छ । यसको लागि नेपाललाई सूचना प्रविधिको क्षेत्रमा अगाडि बढाउन सरकारले उद्योगका रुपमा घोषणा गर्नुपछै । सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।’ यसैगरी क्यान महासंघका कोषाध्यक्ष विक्रम सिंहले क्यान इन्फोटेकले अर्थतन्त्रमा धेरै नै सहयोग पुर्याउने बताएका छन् । उनले भने, ‘यस्ता कार्यक्रमले अर्थतन्त्रमा धेरै नै सहयोग पुर्याउँछ । नयाँ नयाँ प्रविधिहरु, टेक्नोलोलीहरु पनि आएकै छन् । सरकारले अहिले सकरात्मक रुपमा नै हेरेको छ । आइटीका क्षेत्रमा नीति निर्माण पनि भइरहेका छन् । सरकारले आइटी सम्बन्धि कार्यक्रममा राम्रै सहयोग गरोस् । निजी क्षेत्रहरुले अहिलेसम्म धेरै नै सहयोग गरेको छ ।’ साथै उनले क्यान इन्फोटेक २०२५ मा अहिले दैनिक ८/१० लाखकाे आर्थिक कारोवार भइरहेको बताए । उनले महासंघले पछिल्लो समय इन्टरनेशनल ब्राण्ड भित्र्याएको र त्यसरी नै अबको ६ महिनाभित्र बि टु बि इन्टरनेशनल ब्राण्ड भित्र्याउने तयारी गरेको समेत बताए । उनले भने, ‘कार्यक्रम आर्थिक कारोवार लगभग दिनकै ८/१० लाख जतिको भयो । महासंघले पछिल्लो समय इन्टरनेशनल ब्राण्ड भित्र्याएका छौं । त्यसरी नै अबको ६ महिनाभित्र बि टु बि इन्टरनेशनल ब्राण्ड भित्र्याउने तयारीमा छौं ।’ यसैगरी क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले क्यान महासंघले इन्फोटेक बाहेक धेरै कुराहरुमा काम गरिरहेको बताए । उनले सूचना प्रविधि सम्बन्धि जोडिएका जतिपनि एजेण्डाहरु छन् त्यसमा सुझाव दिने काम महासंघले गरिरहेको बताए । उनले भने, ‘क्यान महासंघले इन्फोटेक बाहेक धेरै कुराहरु काम गरिरहेको हुन्छ ।सरकारसँग मिलेर सूचना प्रविधि सम्बन्धि जोडिएका जति पनि एजेण्डाहरु छन् त्यसमा चाँही सुझाव दिने काम गर्छौं । बिटुबी समिटहरु गर्छौं । बिजनेश टु बिजनेश गर्छौं । सँगसँगै कन्फ्ररेन्सहरु पनि गर्छौं । विद्यार्थी वर्गहरुको लागि एकेडेमिक र इन्डस्ट्रिसँगको ग्यापलाई मिनिमाइज गर्नेगरी विभिन्न कार्यक्रमहरु पनि गर्छौं ।’ साथै उनले क्यान महासंघ स्थापना भएको ३२ औं वर्ष पार गरेको समेत बताए । उनले हरेक वर्ष मनाउने इन्फोटेक दुई वर्ष मनाउन नसकिएकाले यो ३०औं इन्फोटेक गर्न सक्षम भएको बताए । उनले भने, ‘क्यान महासंघ स्थापना भएको ३२औं वर्ष पार गरेको छ । हरेक वर्ष मनाउने इन्फोटेक दुई वर्ष मनाउन सकिएन । अहिले ३० औं इन्फोटेक गर्न सक्षम भएका छौं । हरेक वर्ष गर्ने इन्फोटेकमा पहिलो वर्ष चार हजारले अवलोकन गरेका थिए, अहिले चाँही लगभग साँढे तीन लाख जनाले अवलोकन गर्ने अपेक्षा राखेका छौं । अहिलेसम्म राष्ट्रिय परिचय पत्र बनाउने स्टलमा सबैभन्दा धेरै भीड रहेको छ ।’ क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । त्यस्तै, विभिन्न कम्पनीले विश्वविख्यात नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसी क्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेका छन् । क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै क्यान इन्फोटेक अवधिभर ३० प्रतिशतसम्म छुट घोषणा गरेका छन् । त्यस्तै, एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारले यसपालिको क्यान इन्फोटेकको रौनकता थपेका छन् । साथै, क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार