ईटहरी । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ ले स्वदेशी तथा बिदेशी संस्थाले शैक्षिक मेला वा प्रर्दशनीको आयोजना गर्दा नेपाल सरकार शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयको स्वीकृति लिनुपर्ने ब्यबस्था गरेको छ ।
केही संस्था,ब्यबसायी र शैक्षिक परामर्शदाता संस्थाहरुले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने,अपुष्ट सुचना सामाग्री राखि मेलाको प्रचार गर्ने गरेको भन्ने गुनासोहरु प्राप्त भएकोले मन्त्रालयबाट पूर्व स्वीकृति नलिई यस्तो कार्यक्रम नगर्न र प्रचारप्रसार नगर्न समेत महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सुचना प्रकाशित गरेको छ ।
प्रतिक्रिया