मोरङ । नेपाल विद्यार्थी सङ्घ मोरङ जिल्ला सभापति सरोज पोखरेलमाथि कुटपिट भएको छ ।
बिहीबार महेन्द्र मोरङ क्याम्पस पुगेका सभापति पोखरेलमाथि त्यहाँका स्ववियू सभापति जसवन्त पौडेल सहितका विद्यार्थी नेताहरूले पोखरेलमाथि आक्रमण गरेका हुन् ।
‘स्ववियू चुनाव पनि नजिकिँदै गइरहेको छ । क्याम्पसको गतिविधि र सङ्गठनको अवस्थाका बारेमा बुझ्न सभापति ज्यू त्यहाँ पुग्नुभएको थियो । तर त्यहाँ पौडेलका साथै सनिव ठकुरी, प्रशान्त यादव सहित गुन्डा लगाएर कुटपिट भयो ।’ सभापति निकट श्रोतले भन्यो ।
कुटपिटपछि घाइते पौडेल अहिले नोबेल मेडिकल कलेजमा भर्ना भएका छन् । कुटपिटका सन्दर्भमा स्ववियू सभापति समेत रहेका जसवन्त पौडेलले भने, ‘उहाँ बाहिरका मान्छे लिएर यहाँ समिति गठन गर्न आउनुभयो, यहाँका बाहिरका मान्छे भएकाले विद्यार्थीहरू असन्तुष्टि भएका हुन् ।’ पौडेलले नेविसंघ सभापति नै सुरुमा आक्रमणमा आएको बताए ।
यता जिल्ला प्रहरी कार्यालय मोरङले भने दुवै पक्ष मौखिक सहमति भएको बताएको छ । दुवै आफ्नै नेविसंघ नेविसंघ बिचको घटना हो । अहिले मौखिक सहमति भएको अवस्था छ । कानुनी उपचार खोज्न आएमा प्रहरीले कानुनी कारबाहीको प्रक्रिया बढाउँछ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै पक्षबिच मौखिक सहमति भएको अवस्था छ ।
प्रतिक्रिया