इलाममा पिकअप दुर्घटना हुँदा २२ जना घाइते

विहीबार, १५ फागुन २०८१
इलाम : माई नगरपालिका–१ पालटार माईखोला पुल छेउमा पिकअप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीलाई झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि पठाइएको छ । अन्य केही घाइतेहरूको माई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। दुर्घटनाग्रस्त सवारीसाधनमा मगर संघले कार्यक्रम आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्किरहेका यात्रुहरू रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार