इलाम : देउमाई नगरपालिकामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ।
देउमाई–५ का १२ वर्षीय नाइस तामाङ देउमाई खोलाको दहमा डुबेर ज्यान गुमाएका हुन्।
स्थानीय सन्तमान तामाङका छोरा नाइस १३ वर्षीय साथी मौसम बराइलीसँग खोलामा पौडी खेल्न गएका थिए।
खेल्दै गर्दा उनी गहिरो दहमा डुबेका थिए। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार घटनास्थलमै उनको मृत्यु भएको छ।
प्रतिक्रिया