पूर्वराजालाई महानगरको जरिवानाको पत्र हुलाकमार्फत पठाइयो!

आइतबार, १७ चैत्र २०८१
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको ७ लाख ९३ हजार रुपैयाँको जरिवाना अहिले चर्चाको केन्द्रमा छ। जब महानगर प्रहरीको टोली निर्मल निवास पुग्यो, त्यहाँ उनीहरूलाई प्रवेश दिनै अस्वीकार गरियो!
डीएसपी नेतृत्वमा गएको टोली जरिवानाको पत्र बुझाउन पुगेको थियो, तर निर्मल निवासले पत्र लिन अस्वीकार गरेपछि नगर प्रहरीले हुलाकमार्फत पत्र पठाउनु परेको छ।
महानगरपालिकाले गत शुक्रवारको प्रदर्शनमा सार्वजनिक स्थानमा फोहोर भएको भन्दै ९ वटा शीर्षकमा जरिवाना तोकेको थियो। तर यो निर्णय कार्यालय बिदाको दिन गरिएको भन्दै नैतिक प्रश्न उठ्न थालेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार