१, आगलागी नियन्त्रणमा आउन ६ घण्टा लाग्नुइटहरीको सबैभन्दा सुगम ठाउँ हो मुख्य चौक । एक दर्जन हाराहारी दमकल, सय मिटर पूर्वमै टनाटन पानी भएको मेचीकाली पोखरी । तर, त्यहीको आगो नियन्त्रणमा आउन करिब ६ घण्टाको समय लागेको थियो । यो घटनाले यसभन्दा केही टाढा मात्रै आगलागी भयो भने कति समय लाग्ला भन्ने अनुमान त लाग्ने नै भयो नै, अर्कोतर्फ ६ घण्टासम्म नियन्त्रणका लागि लाग्नुले नियोजित रूपमा आगो लगाइएको त होइन ? भन्ने प्रश्न पनि उब्जाएको छ । जबकि नियन्त्रणका लागि बाहिरबाट दिएको पानी आगो लागेको स्थानसम्म पुग्नै मुस्किल परिरहेको थियो र नियन्त्रणको प्रक्रियाका सन्दर्भमा पनि प्रश्न उठिरहेको थियो ।
२, कार्यालय समय र फायर हिटको प्रयोगआगलागी रातिको समयमा नभएर बिहानको समयमा भएको थियो । सेन्ट्रल प्लाजाको कार्यालय समय बिहान ७ बजे देखि बेलुका ९ बजेसम्म उल्लेख छ । कार्यालय समयमै आगो लाग्नु र आगोले उग्र रूप लिनुले पनि नियन्त्रणमा किन प्रयास भएन ? भन्ने प्रश्न जन्माएको छ । आगलागी नियन्त्रण र आगो नलाग्न भनेर नै फायर हिट जस्ता सामाग्री यस्ता व्यापारिक महलहरूमा अनिवार्य रूपमा राखिन्छ । जसलाई सही समयमा प्रयोग गरियो भने ९० प्रतिशतभन्दा बढी आगलागी नियन्त्रण गर्न सकिने अध्ययनहरूले देखाएको छ । आगलागी प्लाजाको कार्यालय समयमा नै भएको थियो । तर, आगलागीपछि नियन्त्रणमा ल्याउने उपकरणको प्रयोग, भित्र जडान हुने पाइपका सन्दर्भमासमेत अनुसन्धान गर्न आवश्यक रहेको स्थानीय बताउँछन् ।
३, सिनेमा हल सञ्चालनमा नआउनुआगलागी भएको भवनको पाचौं तलामा छ क्यूएफएक्स सिनेमा हल । यहाँबाट आगलागी सुरु भएको बताइन्छ । तर, बुझ्नुपर्ने कुरा के हो भने, राम्रो बजार पाइरहेका नेपाली चलचित्र अन्जिला, लाज सरणम, होस्टेल–३, जस्ता सिनेमाहरू प्रदर्शन भइरहेको समयमा सिनेमा हल किन सञ्चालनमा थिएन ? भनेर सर्वत्र चासोको विषय बनेको छ । हरेक दिन प्रायः ८ः४५ बजेबाट सुरु हुने सिनेमामा त्यस दिन ३, ४ जनाले मात्रै टिकट काटेकाले सिनोमा देखाउन रद्द गरिएको प्लाजाका प्रबन्धक श्रेष्ठ बताउँछन् । यो भनाइलाई पनि शङ्काको घेरामा स्थानीयले राखेका छन् । किनकि उक्त चलचित्र हेर्न दर्शकको चाप घटेको छैन । आगलागीको समय ९ः३० बजे भए पनि कतिपय दिनमा ८ः४५ बाटै चलचित्र प्रदर्शन सुरु भएका थिए । दिनको पहिलो ‘सो’ मा सो दिन न्यून दर्शक भन्दै चलचित्र हल सञ्चालन रद्द गर्नु नियोजितजस्तै देखिन्छ । यद्यपि, सिनेमा फ्लोरमा रहेका र होटेलसमेतमा रहेका ११ जनालाई सुरक्षाकर्मीले त्यस दिन उद्धार गरेका थिए । क्यूएफएक्सका प्रतिनिधिका अनुसार त्यो दिन अकुपेन्सी नभएका कारण हल चलेको थिएन । स्रोत भन्छ,‘अरुबेला त हुने नै थियो, त्यो दिन चैँ भाग्यले नै भनौँ सो थिएन । दिउँसोको चैँ सो थियो । यदि भएको थियो भने त, झन् ठूलो समस्या उत्पन्न हुने थियो ।’ यसका अलावा आगलागीमा फसेकालाई उद्धार गरेपछि मात्र हेलिकप्टर आउनु, इटहरीको मुख्य स्थानमै ५ घण्टासम्म क्रेन उपलब्ध नहुनु, मितिसम्म नराखि प्रेश विज्ञप्ती तयार पार्नु लगायतका कुराहरूले पनि नियोजित आगलागी हो भन्ने स्वरलाई प्रमाणित गर्ने आधारहरू हुन्छन् । पछिल्लो समय बिमा दाबी गर्नकै लागि यस्ता अनेक घटना गराउने गरिएको छ ।
प्रतिक्रिया