भोजपुर : नेपाली कांग्रेसको भोजपुरको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले गरेका छन् ।
शुक्रवार जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले अहिलेको व्यवस्थाबाट मुलुक पुनः पछाडि फर्कने अवस्था नरहेको बताएका छन् ।
पुरानो व्यवस्थामा पुनः फर्कन खोज्नुलाई भूतप्रेतको सङ्ज्ञा दिँदै थापाले गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहरलाई सफा गर्न जरुरी रहेको बताए ।
विसं २०४६ पछि लाभमा रहेका व्यक्तिको छानबिन गर्न शक्तिशाली आयोगको जरुरी रहेको बताउँदै महामन्त्री थापाले छानबिनमा कांग्रेसका नेता अथवा जोसुकै परे पनि त्यसको भारी कांग्रेसले नबोक्ने बताए ।
पार्टीको महाधिवेशन तोकिएको समयभित्रै हुनुपर्ने बताउँदै अहिले त्यसका लागि आवश्यक तयारी भइरहेको उनको भनाई छ ।
राससको सहयोगमा
प्रतिक्रिया