मिथिलाञ्चलमा आज सतुवाइन पर्व, भोलि जुडशीतल

सोमबार, ०१ बैशाख २०८२
महोत्तरी : नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ । कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइन्छ । देउतालाई प्रसादको रूपमा सातु चढाउने र त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ । चना, गहुँ, मकै र जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । प्रायले देउतालाई चढाउने सातु जौको हुने गर्दछ । त्यस्तै सतुवाइन पर्वको भोलिपल्ट मधेशमा जुडशीतल पर्व मनाउने चलन छ । जुडशीतल पर्वमा घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । यो पर्वमा चना बदामको सातु, दाल, मनुंगा को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा छ । जुडशीतल पर्वमा खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । यस क्षेत्रमा यो पर्व सबै समुदायले मनाउने गर्दछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार