सुनसरी : सुनसरीको रामधुनी नगरपालिका–५ स्थित लर्ड बुद्ध बोर्डिङ स्कुल नजिकै लागू औषधसहित दुई जना पक्राउ परेका छन्।
हिजो (शुक्रवार) राति ९ः३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ पैदल जाँदै गरेका दुई पुरुषलाई शङ्कास्पद रूपमा देखेपछि सोधपुछ गरेको थियो।
सोधपुछ तथा खानतलासीका क्रममा २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरीको शरीर जाँच गर्दा कृष्ण चौधरीको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ १।५० ग्राम फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा राखी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया