जुत्ता,चप्पल र औषधीमा एमआरपी अनिवार्य राख्न सरकारको निर्देशन

बुधबार, १० बैशाख २०८२

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई सात दिनभित्र एमआरपी सहितको लेबल राख्न निर्देशन दिएको हो । मंगलबार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल नेतृत्वको टोलीले दुवै संघसँग छलफल गरी यस्तो सहमति जुटाएको हो ।

महानिर्देशक दाहालका अनुसार, गत चैतदेखि नै विभागले यस्तो निर्देशन दिँदै आएको भए पनि अधिकांश उत्पादक तथा आयातकर्ताले पालना नगरेको पाइएपछि पुनः छलफलमार्फत कडाइ गर्ने निर्णय गरिएको हो ।

“अब ९ वैशाखको मितिबाट सात दिनभित्र एमआरपी सहितको लेबल नराखे कारबाही गरिनेछ,” दाहालले जानकारी दिए ।

नेपालको संविधानको धारा ४४ तथा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार उत्पादन वा आयात गरिएका वस्तुमा सर्वसाधारण उपभोक्ताले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अधिकतम खुद्रा मूल्य अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार