धनकुटामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

बुधबार, १० बैशाख २०८२

विराटनगर । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–९ रुद्रबारीमा बुधबार दिउँसो ट्याक्टर दुर्घटनामा परेर सहचालकले ज्यान गुमाएका छन् । 

प्रहरीका अनुसार मुलघाटबाट धनकुटातर्फ जाँदै गरेको को २ त ७९३४ नम्बरको ट्याक्टरको पछाडिको टायर पन्चर भएर दुर्घटनामा परेको थियो । दिउँसो २ः४५ बजेतिर टायर पन्चर भएपछि ट्याक्याक्टर सडकमै अनियन्त्रित बनेको थियो । 

अनियन्त्रित बनेको ट्याक्टरबाट खसेर सहचालक साँगुरीगढी गाउँपालिका–७ का २० वर्षीय विवेक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

pradeskhabar.com

दुर्घटनापछि ट्याक्टर चालक किसान राई फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।  ट्याक्टर घटनास्थलमै छ । प्रहरी टोली घटनास्थल पुगेको छ ।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको जानकारी प्रहरीले दिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार