सुनसरीबाट १९९ केजी गाँजा सहित २ जना पक्राउ

मंगलबार, १६ बैशाख २०८२

सुनसरी : सुनसरी जिल्लाको बर्जू गाउँपालिका–३ स्थित नहर चोकमा प्रहरीले गाँजा सहित एक गाडी र दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ। 

शुक्रवार राति करिब ९ः१० बजे इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा भिमपुरबाट अमडुवा तर्फ गइरहेको प्रदेश १–०२–००२ च ५१२६ नम्बरको पिक अप गाडीलाई रोकी जाँच गर्दा गाडीको डालामा राखिएका ६ वटा बोरा भित्र १९९.३ किलोग्राम (एक सय उनान्सय किलो तीन ग्राम) लागू औषध गाँजा फेला परेको हो।

गाँजा सहित गाडी र चालक धनकुटा नगरपालिका–९ का ३३ वर्षीय उद्धव भण्डारी तथा सहचालक ठेगाना नखुलेका ३० वर्षीय कविराज राईलाई नियन्त्रणमा लिइएको छ। 

इलाका प्रहरी कार्यालय सितागंजका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलिले सो परिणाममा गाँजा बरामद गरेको हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले बरामद गाँजा र नियन्त्रणमा लिइएको सवारीसाधनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आवश्यक अनुसन्धान कार्य अगाडि बढाइरहेको जनाएको छ।  

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार