हुम्ला र बाजुराका दुई गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

मंगलबार, ०६ जेठ २०८२

सुर्खेत : हुम्ला र बाजुराका दुईजना गर्भवती महिलालाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतमा ल्याएर उद्धार गरिएको छ। मंगलबार हुम्लाको चंखेली गाउँपालिका–६ की १८ वर्षीया धनशिला बुढा र बाजुराको हिमाली गाउँपालिकाकी १७ वर्षीया जुनिता थापा उद्धार गरिएका हुन्।

धनशिलालाई आठ महिनाको गर्भ रहेकै अवस्थामा ब्रेनमा संक्रमण देखिएको र गर्भमा रहेको शिशुको मुटुको धड्कन कम चलेको कारण कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको हो। हुम्ला जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहोराका अनुसार तीन दिनको कठिन यात्रा पछि उनी अस्पताल पुगेकी थिइन्।

त्यस्तै, कक्षा १२ को परीक्षा दिएर फर्कंदै गर्दा गाडी दुर्घटनामा परेकी सात महिनाकी गर्भवती जुनिता थापाको हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको पाइलट महासेनानी दीपध्वज खड्काले जानकारी दिए।

दुवैको उद्धार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गरिएको हो। अहिले दुवै महिलाको उपचार कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार