सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ तेरआडीस्थित आफ्नै घरमा खेलिरहेको अवस्थामा सर्पदंशमा परेका १० महिनाका बालक अनीश थापाको उपचारका क्रममा मृत्यु भएको छ।
बालकलाई शुक्रवार दिउसो विषालु सर्पले टोकेको बताइएको छ। गम्भीर अवस्थामा रहेकाले उनलाई तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।
उपचारका क्रममा बालकको शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया