तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैङ्क

बुधबार, २८ जेठ २०८२

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता बढेपछि नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

पछिल्लो समय नियमित रूपमा आइतबार र बुधवार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैङ्कले आज पनि सोही अनुसार पैसा झिक्न लागेको हो ।

राष्ट्र बैङ्कले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप सङ्कलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

इच्छुक बैङ्क तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी असार १८ गते हुनेछ । निक्षेप सङ्कलनमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार