वीरगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालय पर्साले लामिछानेसहितका प्रतिवादीहरू विरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दर्ता गरेको हो।
प्रहरीले सो प्रकरणमा करिब एक महिनाअघि अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
सहकारी घोटलामा मुछिएका लामिछाने हाल कारागारमा नै रहेका छन् ।
प्रतिक्रिया