सर्लाही : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
थापामाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको आरोप लागेको छ।
उनलाई ४७ लाख घन मिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्याएको अभियोगमा १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो।
यो मुद्दामा थापासँगै उपप्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर भएको छ।
मुद्दाको प्रक्रिया अघि बढिरहेको छ भने अन्य आरोपितहरूको कानुनी अवस्थाबारे अझै निर्णय आउन बाँकी छ।
प्रतिक्रिया