वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण तथा सामाग्री वितरण गरेको छ ।
नगरपालिकाले कोशी प्रदेश सरकारका उद्योग , कृषि तथा सहकारी वित्तीय हस्तान्तरण कार्यक्रम अन्तर्गत कृषक तथा कृषि समूहहरूलाई पावर टिलर , मिनी टिलर र मकै रोप्ने मेसिन कृषकहरूलाई उपकरण र औजार वितरण गरेको हो ।
नगरपालिको वार्षिक स्कीकृत कार्यक्रम अन्तर्गत कृषकहरूलाई उपकरण वितरण गरिएको हो । कृषकहरूलाई आधुनिक तथा सुविधाका लागि ५० प्रतिशत अनुदानमा २३ थान पावर टिलर , २० थान मिनी टिलर र २५ थान मकै रोप्ने मेसिन वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख तुलसा लिम्बुले बताइन् । पावर टिलर प्राप्त गर्ने कृषकले ८० हजार , मिनी टिलर प्राप्त गर्ने कृषकले २४ हजार १ सय ५० रुपैयाँ र मकै रोप्ने मेसिन प्राप्त गर्ने कृषकले ४ चार ३ सय रुपैयाँ अनुदान छुट प्राप्त भएको कृषि विकास शाखाका प्रमुख तुलशा लिम्बुले बताइन् ।
नगरपालिकाले आवेदन माग गरी निवेदन प्राप्त कृषकहरू अनुगमन गरी छनोट गरेको थियो । छनोट भएका कृषकहरूलाई सामाग्री सोमवारबाट वितरण गर्न सुरु गरिएको छ । नगर प्रमुख रमेश कार्की , नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल लगायतको उपस्थितिमा वितरण गरिएको थियो ।
कृषकहरूलाई सेवा सुविधाका लागि ५० प्रतिशत अनुदानमा कृषि उपकरण तथा सामाग्री वितरण गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
प्राप्त गरिएको उपकरण र औजारहरूलाई अधिकतम प्रयोग र सदुपयोग गर्न नगर प्रमुख कार्कीले आग्रह गरे । अनुदान प्राप्त गरेका कृषकले उपकरण र औजारको प्रयोगको सन्दर्भमा अनुगमन समेत गरिने नगर प्रमुख रमेश कार्कीले बताए ।
प्रतिक्रिया