विशेष अदालतमा माधव नेपालको बयान सुरु

बुधबार, ११ असार २०८२

काठमाडौं। पतञ्जलि जग्गा प्रकरणमा दायर भएको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ। नेपाल आज आफैं अदालतमा बयान दिन पुगेका हुन्।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरू भएको हो।

पतञ्जली जग्गा हिनामिना गरेको आरोपमा उनी मुख्य प्रतिवादी हुन्। उनीमाथि पतञ्जली आयुर्वेदका लागि जग्गा खरिद गर्न गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको आरोप लगाइएको छ।

नेपालप्रधानमन्त्री छँदा उनको मन्त्रिपरिषदले हदबन्दी छुटमा जग्गा खरिद गर्न अनुमति दिने र पछि बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‍कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार