चितुवाको आक्रमणबाट एक जना घाइते

आइतबार, ०४ साउन २०८२

बर्दिया : बारबर्दिया नगरपालिका–१०, मथुराचोकमा आइतबार बेलुकी चितुवाको आक्रमणमा परी दिनेश चौधरी घाइते भएका छन् ।
 मथुराचोकस्थित फुटवल मैदानमा राँगा चराउन गएका चौधरी चितुवाको आक्रमणबाट घाइते भएको इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
 चितुवाको आक्रमणबाट चौधरीको घाँटी र छातीमा गम्भीर चोट लागेको छ । घटना लगत्तै स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको प्रहरीले जनाएको छ । उनलाई कतरनियास्थित प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरी नगर अस्पताल जयनगर लगिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार