उपसभामुख इन्दिरा ६ दिने औपचारिक चीन भ्रमणमा

बुधबार, ०७ साउन २०८२

काठमाडौं : संघीय संसद, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन् । 

मंगलबार राती उपसभामुख रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको हेनान प्रान्ततर्फ ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान भएकी हुन् । 

उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत रहेका छन् । 

सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चीनको हेनान प्रान्तमा आज (साउन ७ ) गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त कार्यक्रमा उनले आफ्नो मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमणसमेत गर्ने छिन् । 

भ्रमण सम्पन्न गरी उपसभामुख श्रावण ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार